विराटनगर-५ स्थित खार्जीमा संचार ग्राम निमार्ण हुने

विराटनगर-५ स्थित खार्जीमा संचार ग्राम निमार्ण हुने

बिनु तिम्सिना/बिराटनगर,२६ जेष्ठ : रेडियो नेपालका संस्थापक स्वर्गिय तारिणीप्रसाद कोइरालको स्मृतिमा विराटनगर–५ स्थित खार्जी चौकमा तारिणीप्रसाद कोइराला स्मृति संचार ग्राम निमार्ण हुने भएको छ ।

रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा स्थापना हुन लागेको संचारग्रामको जेठ–२९ गते शनिवार विहान ८ वजे पं्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ । विराटनगर उप महानगरापालिकाले आज पत्रकार सम्मेलनगरी करिव आठ करोड रुपैयाको लागतमा संचारग्राम निमार्णगर्न लागेको जनाएको छ । उपमहानगरपालिकाको सात कठ्ठा जग्गामा निमार्ण हुन लागेको संचारग्राममा मिट द प्रेश हल, गित रेर्कडिङ, क्षेत्रिय संग्रालय तथा गित संगितका कार्यक्रमहरु संचालन हुने विराटनगर उप महानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले बताउनुभयो ।

शिलान्यास भएको एक महिना भित्र भवन निमार्णका लागी टेन्डर प्रक्रियामा जाने र ठेका सम्झौता भएको १८ महिना भित्र सबै काम सम्पन्न हुने उहाले बताउनुभयो । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री , संचारमन्त्री संचार सचिव तथा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रीहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालमा प्रजातन्त्रको स्थापना संगै कोइरालाले २००७ सालमा विराटनगर स्थित जुटमिलवाट प्रजातान्त्रीक रेडियोको नामवाट रेडियो नेपालको प्रसारण प्रारम्भ गर्नु भएको थियो । संस्थापकको सम्झनामा रेडियो नेपालले संचार ग्राम निमार्ण गर्न लागेको । त्यसका लागी रेडियो नेपालले विराटनगर उपमहानगरपालिका संग संचारग्राम निमार्ण गर्नै सम्झौता गरेसंगै केही हप्ता अघि ३ करोड रुपैयाको चेक नगरपालिकालाइ हस्तान्तरण गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्