चेसमा पूर्वाञ्चाल र श्री राम स्कूल शिर्ष स्थानमा

<span class='c1'>चेसमा पूर्वाञ्चाल र श्री</span> <span class='c2'>राम स्कूल शिर्ष स्थानमा</span>

विराटनगर-२८ जेठ,
विराटनगरमा जारी विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगितामा छात्र तर्फ विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र छात्रा तर्फ श्री राम उच्च मावि शिर्ष स्थानमा पुगेको छ ।

मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना गरिएको प्रतियोगितामा शुक्रबारसम्म भएको पाँचौ राउण्डसम्मको छात्र तर्फको खेलमा पूर्वाञ्चलका राहुल साहले गोदावरी वोर्डिङ्ग स्कूलका सिद्धान्त साहलाई पराजित गरी साढे चार अंक जोडदै शिर्ष स्थानमा रहेको हो ।

छात्रा तर्फको खेलमा श्रीराम माविकी सिभानी तामाङ्गले पाँच चरणको खेलमा पाँच अंक हासिल गरी शिर्ष स्थान कायम गरेकी हुन । उनले बुढानिलकण्ठ माविकी रक्षा कटुवाललाई पराजित गरेकी थिइन ।

त्यस्तै छात्र तर्फ भएको खेलमा बुढानिलकण्ठ माविका अभिषेख भगतले गोदावरी बोडिङ्ग स्कूलका विशाल साहलाई पराजित गरी चार अंक हासिल गरे । यसैगरी श्रीरामका विनोद तामाङ्गले बुढानिलकण्ठ मा. वि. का अनन्त सहनीलाई पाखा लगाउदै ४ अंक हासिल गरे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा पु¥र्याउन खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ । फाइनल खेलमा छैठौ र सातौ राउण्डको खेल भएर विजयी घोषणा गर्ने संघका अध्यक्ष विजय कुमार थापाले जानकारी दिनुभयो ।

छात्र तर्फ चौथो स्थानसम्म प्राप्त गरेका खेलाडीहरुलाई मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना गर्ने फिडे राउण्ड रोबिन खेलमा समावेश गराइ अन्तरािष्ट्रय स्थरको मापदण्डमा पु¥याउर्ने भएकोे अध्यक्ष थापाको भनाई छ ।

संघले विराटनगरमा प्रतियोगितासम्पन्न गरेपछि मोरङका विभिन्न स्थानमासमेत प्रतियोतिगता गरी अन्तराष्ट्रिय स्तरमा स्थानिय विद्यार्थी तथा खेलाडीहरुलाई पु¥याउर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्