बुद्धिचालको उपाधि पूर्वाञ्चाल र श्री राम स्कूललाई

<span class='c1'>बुद्धिचालको उपाधि पूर्वाञ्चाल र</span> <span class='c2'>श्री राम स्कूललाई</span>

विराटनगर, २९ जेठ
विद्यालय स्तरिय बुद्धिचाल (चेस) प्रतियोगिताको उपाधि विराटनगरमा रहेकोे पूर्वाञ्चल विद्या सदन बोडिङ्ग स्कुल र श्री राम उच्च माविले जितेको छ । मोरङ जिल्ला बुद्धिचाल संघले आयोजना शनिबार सम्पन्न भएको फाइनल खेलमा छात्र तफ पूर्वाञ्चलका राहुल साहले ६ दशवलप ५ अंक ल्याएर प्रथम भएको हो ।

छात्रा तर्फको खेलमा श्रीराम माविकी सिभानी तामाङ्गले ६ दशवलप ५ अंक ल्याएर प्रथम भएकी हुन । प्रतियोगिताको छात्र तर्फकोे द्धितिय ५ दशवलप ५ अंक ल्याएर पूर्वाञ्चल विद्या सदन बोडिङ नै भयो भने तृतीयमा ५ अंक ल्याएर विराटनगर ११ हाटखोलमा रहेको ग्रेडेड बोडिङका निसान्त राय भए ।

त्यसैगरी छात्रा तर्फको द्धितियमा ५ दशवलप ५ अंक ल्याएर विराटनगरको सगरमाथा स्कुलकी आदिति सिंह भइन भने तृतीय ५ अंक ल्याएर पूर्वाञ्चल स्कुलका एन्जेनिता श्रेष्ठ भइन । प्रतियोगिताको प्राप्त अंक जोडेर भएको खेलमा स्कुलतर्फको प्रथम पूर्वाञ्चल विद्या सदन, द्धितिय श्री राम स्कुल र तृतीयमा बुढानिलकण्ड स्कुल भयो । प्रतियोगिताको उदयमान खेलाडीहरुमा सनसाइन स्कुलका श्रेया चम्लागाई र मोर्डन एरा स्कुलका निरन्जन यादब घोषित भए ।

बिजय हुने खेलाडीहरुलाई खेलकुद मन्त्री सत्यनारयण मण्डल, संघका अध्यक्ष विजय कुमार थापालगायले पुरस्कार वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्