“कहा र कुन धाराको संशोधन गर्नुपर्ने हो त्यो स्पष्ट र्पानुस सरकार तयार छ” -प्रधानमन्त्री ओली

“कहा र कुन धाराको संशोधन गर्नुपर्ने हो त्यो स्पष्ट र्पानुस सरकार तयार छ” -प्रधानमन्त्री ओली

बिनु तिम्सिना

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत दलहरुको माग के हो भन्ने आफुले बुझ्नै नसकेको बताउनु भएको छ ।

विराटनगरमा तारिणीप्रसाद कोइराला स्मृती सञ्चारग्रमको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई बरावरी हक र अधिकार दिएको अबस्थामा अझै असन्तुष्ट पक्षको माग सम्बोधन गर्नुपर्ने कुरा उठिरहेको भन्दै असन्तुष्टि जनाउनु भयो । वार्ता र छलफलबाट समस्याको समाधान गरेर देशको दिगो विकासमा लाग्न आफुले पटक–पटक आग्रह गरिरहेको भन्दै उहाँले भन्नुभयो यो सरकार जनताको हो र जनताका जायज माग सम्बोधन गर्न तयार छ । तर आन्दोलनरत मधेसवादी दलका माग के हुन् ? र के मा चित्त नबुझेको हो त्यो भने बुझ्न सकिएन ।

भारतमा सवा सय पटक संविधान संशोधन गरी सकेको दृष्टान्त प्रस्तुत गर्दै उहाले भन्नुभयो संविधानको कहा र कुन धाराको संशोधन गर्नुपर्ने हो त्यो स्पष्ट र्पानुस सरकार तयार छ संविधान संशोधन गर्न तर विरोधका लागि मात्रै विरोध गरेर अब पनि देशलाइ अस्थीरतामा धकेल्ने घिन लाग्दो काम गर्न छाड्नुस ।

नयाँ संविधान जारी भएपछि मात्रै ६ हजारभन्दा बढी भारतबाट बिवाह गरेर ल्याइएका महिलाले नागरिकता पाई सकेको बताँदै उहाले देशलाइ अस्थीरतामा ढकेल्ने उद्देश्यले बिरोधका नाममा मात्र बिरोध गर्नु उचित नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सूचना तथा संचार मन्त्री शेरधन राईले चाँडै नै आम संचार निति कार्यान्वयन गर्ने र संचार क्षेत्रलाई व्यवसायिक र समाजप्रति उत्तरदायि बनाउने बताउनुभयो ।

करिव ८ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको संचारग्राम ठेक्का सम्झौता भएको १८ महिना भित्र निर्माण सम्पन्न हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्