इन्द्र बराहले जित्यो टंकीसिनवारी गोल्डकप

इन्द्र बराहले जित्यो टंकीसिनवारी गोल्डकप

शनिबार सम्पन्न अन्तिम प्रतिष्प्रधामा डिफेन्डीङ च्याम्पियन एलेभन एरोज क्लब दुहवीलाई १–० गोल अन्तरले हराउँदै धरान विजेता बनेको हो । धरानको जितका लागि कर्ण लिम्बुले गरेको गोल निर्णायक रह्यो । निशान लिम्बूको लङ पासमा बुद्ध चेम्जोङले हेड गरेर मिलाई दिएपछि कर्णले ४१ औं मिनेटमा बललाई वान टच जाली चुमाए ।  च्याम्पियन बनेको धरानले एक लाख एक हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बनेको दुहवीले ५१ हजार मात्र पायो ।

शनिबारको फाइनल प्रतियोगिताका म्यानअफदी म्याच धरानका कप्तान हेम गुरुङ घोषित भए । म्यानअफदी सिरिजको उपाधि दुहवीका अफ्रिकन खेलाडी पिटर सेगुनले भए । उनले पाँच हजार रुपैयाँ नगद, ट्रफी र मेडल पाए ।

सर्वाधिक गोलकर्ता धरानका कर्ण लिम्बु भए । प्रतियोगिता अवधिभर ४ गोल गरेका उनले चार हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गरे । बाँसबारी युवा केन्द्रको आयोजनमा भएको गोल्डकपको विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, सभासद् अमनलाल मोदी, गोल्डकप मूल आयोजक समितिका संयोजक सुवोध कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्