अनियमितता गरेको भन्दै बिराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको जागिर चट

अनियमितता गरेको भन्दै बिराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको जागिर चट

बिराटनगर जेठ ३२ , अनियमितता गरेका कारण बिराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको जागिर गएको छ । बिराटनगर उपमहानगरपालिकाका इन्जिनियर रेवन्त भण्डारी र जुनियर इन्जिनियर बिनोदप्रकाश गौतमलाई जागिर बाट हटाइएको छ। त्यसैगरी स्थायी कर्मचारी खरिदार निराला निरौला प्रसाईं र नायब सुब्बा सुनिलवीर पाण्डेलाई निलम्बन गरेको छ ।
बिराटनगरको देवकोटा स्कुलको विवादित भवनको नक्सा पास गरेको कारण घर-नक्सा फाँटका चार जना कार्वाही गरेको हो । आर्थिक चलखेल गरेर नक्सा पास गरेको संकामा कर्मचारीलाई स्पस्टिकरण सोधिएको थियो तर स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कर्मचारीहरुलाई कार्वाही गरिएको कार्यकारी अधिकृत गोपाल रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्