बहराइनबाट रबिनालाई सहयोग

बहराइनबाट रबिनालाई सहयोग

विजय धिमाल
राजघाट ३२ जेष्ठ ।
ब्लड क्यान्सर पिडित राजघाट—१ अठियाबारीकी २२ वर्षिय रबिना धिमालको उपचारका लागि बहराइन ९५ हजार ६ सय रकम सहयोग भएको छ ।
रोजगारीको सिलसिलामा बहरायन रहनुभएकी झापा बिर्तामोड बैसाबारीकी सबिना दिङ्ग धिमालको नेतृत्वमा सो रकम संकलन गरेकि हुन । सबिनाले बहराइन स्थित रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु र डि.एक्स.एन टिमबाट पनि रकम संकलन गरी उर्लाबारी स्थित रहेको एनएमबि बैङकको खातामा जम्मा गरीएको सोही बैङका कर्मचारी तथा रबिना बचाउ अभियानका अर्थिक लेखा समितिका सदस्य तेज बा धिमाल।ले जानकारी दिएका हुन । रबिनाको उपचार भने काडमाण्डौ स्थित सिभिल अस्पतालमा भइरहेको छ । उनको उपचार रक्तरोग विशेषज्ञ डाक्टर बिशेष पौडेलले गर्दै आएका छन । स्वदेश तथा बिदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुको साथ र सहयोगले हाल स्वास्थ्यमा सुधार आई बोल्न, उठ्न, बस्न र हिडडुल गर्न थालेकी आर्थिक संकलन संयोजक सुनिल धिमालले जानकारी दिए ।
बैशाख १९ गते देखि सुरु गरीएको अभियानले हाल सम्मको संकलित रकम धिमाल जातिको महान चाड जात्रि समापनको अवसर पारी असार २ गते बिहान १० बजे धिमाल जातिय बिकस केन्द्र नेपाल उर्लाबारी ६ परियोजना स्थित आर्थिक सार्बजनिक गरीने रबिना बचाउ अभियान समितीका संयोजक सुनिल धिमालले जानकारी दिएका छन ।
अझै पनि कसैले सहयोग गर्न चहानुहुन्छ भने कृप्या
बैङ खाता नम्बर ०५३००३००४०२८३६०००००१ रहेको जानकारी दिदै सहयोगको लागि पिडितका श्रीमान तेजबहादुर धिमाललाई मोबाईल नम्बर ९८१७३३२६३३, रविना धिमाल बचाउ अभियान समिति (संयोजक) सुनिल धिमाललाई ९८१६३२८८४९ र धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमाललाई ९८४१६०३६९८ नम्बरमा सम्पर्क गरी बुझेर सहयोग गर्न सक्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्