गंगा दशहराको अवसरमा जनकपुरमा श्रद्धालुहरुको घुइचो

गंगा दशहराको अवसरमा जनकपुरमा श्रद्धालुहरुको घुइचो

जेष्ठ शुक्ल दशमीकोको दिनलाई गंगा दशहरा मनाइदै छ। आजैका दिनमा हिन्दुहरुको पवित्र नदि गंगा पृथ्वीमा अवतरित भएको दिनलाई हिन्दुुहरु श्रद्धा र उल्लासका साथ मनाइने गरेका छन।

यस अवसरमा जनकपुरको महाराज सागरमा स्नान गर्न श्रद्धालुहरुको विहानै देखि घुइचो लागेको छ। श्रद्धालुहरु सो तलाउमा स्नान गरेर दसरथ मन्दिरमा पुजापाठ गरेका छन।

त्यसैगरि जानकी मन्दिरमा समेत पुजापाठ गर्ने श्रद्धालुहरुको घुइचो लागेको छ। त्यसैगरि जनकपुरको गंगा सागरमा सामुहिक स्नान कार्यक्रमको समेत आयोजना गरिएको छ। साझ विशेष महा आरती गरिने कार्यक्रम रहेको छ।

हिमसिखर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्