निरजको क्याम नै सुन्छै बोलको गीत सार्वजनिक

निरजको क्याम नै सुन्छै बोलको गीत सार्वजनिक

प्रेम देवान
विराटनगर-आषाढ १,
विराटनगरमा रहेको स्काई एफ एम र हेल्लो एफबाट प्रशारण हुने थारु भाषाको कार्यक्रम खास आजुकर दिन थारु श्रोताहरुले एकदमै रुचाएको कार्यक्रम थियो । त्यही कार्यक्रम चलाउने गरेका थिए आरजे निरज खवासले । खवासले थारु श्रोताहरुलाई लक्षित गरेर आफ्नो लेखनमा रहेको क्याम नै सुन्छै बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् ।

खवासले थारु सांगीतिक क्षेत्रमा पहिलो थारु पप गीत क्याम नै सुन्छै निकालेको बताउछन् । थारु गीतहरु कमै मात्रमा निस्कीरहेको बेला उनले यो गीत पहिलो पल्ट निकालेका दावी गरेका छन् । खवासको आफ्नै शव्द तथा तेजकुमार खवासको संगीतमा तथा प्रवलदिप विश्वासको आवाजमा प्लस एण्ड फेम स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो । खवास हाल रोजगारीको शिलशिलामा दुवैमा छन् ।

खवासले प्लस टु सम्मको अध्ययन सकेर करिव ४ बर्ष विराटनगरमा सञ्चारकर्मीको रुपमा काम गरेका थिए । हाल उनी रोजगारीको शिलसिलामा दुवैमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्