११ औं विश्व चेतना दिवसको अवसरमा बिराटनगरमा सम्बाद कार्यक्रम सम्पन्न

<span class='c1'>११ औं विश्व चेतना दिवसको</span> <span class='c2'>अवसरमा बिराटनगरमा सम्बाद कार्यक्रम सम्पन्न</span>

हरि अधिकारी/विराटनगर,१ असार : जेष्ठ नागरीकप्रति गरिने दुब्र्यवहार न्यूनिकरण गर्न सबैले उत्तरदायित्व बोध गर्नुपर्ने सरोकार वालाहरुले बतका छन । जेष्ठ नागरीकप्रति गरिने दुब्र्यवहार बिरुद्धको ११ औं विश्व चेतना दिवसको अवसरमा नेपाल ग्रामीण बिकास समाज केन्द्रले बुधवार विराटनगरमा आयोजना गरेको सम्बाद कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जेष्ठ नागरीक बिरुद्धको दुब्र्यवहार न्युनिकरण गर्न कानुनी प्राबधानभन्दा सामाजिकस्तरको प्रयास प्रभावकारी हुने धारण राखे । उनले जेष्ठ नागरीकलाई सम्मान गर्दै विराटनगर उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाहेक उपमहानगरपालिकाको तर्फबाट नगरभित्रका ९० बर्ष भन्दा माथीका जेष्ठ नागरीकलाई थप एक हजार दिने निर्णय गरेको बताए ।

सो अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालले मानिसको जीवनमा प्राकृतिकरुपले आउने बृद्धाअवस्थालाई बोझ कोरुपमा लिने क्रम बढेको बताए । बोझका रुपमा लिएकै कारण दुब्र्यवहारका घटनाहरु बढेको उनको भनाई छ ।

उनले त्यस्तो अवस्था न्यूनिकरण गर्न सामाजिक संरचनामा परिमार्जनका साथै विद्यालयस्तरको पाठ्यक्रममै जेष्ठ नागरीकका बिषयबस्तुलाई समावेश गर्न सके दुब्र्यवहार न्युनिकरण गर्न सकिने उनले बताए ।

पुनरावेदन अदालत विराटनगरका उपरजिष्ट्रार रणबहादुर कट्वालले जेष्ठ नागरीकहरुले दुब्र्यवहार विरुद्ध गाँउ विकास समिति र वडा कार्यालयहरुमा गुनासो गरे सरकारवादी मुद्धा चल्ने प्रावधान रहेको जानकारी दिए । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय संयोजक कोषराज न्यौपानेले जेष्ठ नागरीकप्रति हुने दुब्र्यवहारलाई आयोगले गम्भीरतापुर्वक लिएको जानकारी दिंदै गुनासो आए सहजीकरण गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्