नगर स्तरीय फुटबलको उपाधि लालभित्तिलाई

नगर स्तरीय फुटबलको उपाधि लालभित्तिलाई

बेलबारी । पहिलोपटक नगर खेलकुद बिकास समिति बेलबारी तथा नमस्ते लालभित्ति खेलकुद क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ४ ले जितेको छ ।
जेष्ठ २२ गते देखि सुरु भएको फुटबल प्रतियोगीतामा बुधबार वडा नम्बर ४ र ६ उपाधीका लागी भिडेका थिए । खेलको निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो । जसमा ४ ले ३ गोल र ६ ले एक गोल गरेका थिए ।
प्रतियोगिता बिजेताले २५ हजार नगद,ट्रफी र खेलकुद सामाग्री,दोस्रो हुनेले १५ हजार नगद ट्रफी र खेलकुद सामाग्री र खेल अबधिभरी उत्कृष्ट खेल प्रर्दशन गर्ने १ जना खेलाडीले नगद ३ हजार सहित ट्रफी र प्रत्येक खेलका १ खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरि पुरस्कृत गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि सांसद रत्नादेबी गुरुङ (मधु) ले बिजेताहरुलाई पुरस्कार बितरण गरिन ।
बेलबारी ४ लालभित्तिको सिंहदेबी खेल मैदानमा भएको प्रतियोगिता खेलाडीहरु माझ बलियो सम्बन्ध स्थापना गर्ने,छरिएर रहेका प्रतिभालाई एकिकृत गर्ने,हरेक वार्डमा एउटा खेलकुद क्लबको स्थापना गरी आत्मनिर्भर बनाउने,युवाहरुलाई कुलतबाट जोगाई खेलकुदमा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यका साथ सो प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद बिकास समिति बेलबारीका अध्यक्ष हेमन्त सुबेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्