किन जानु विदेश ? गरे यहि फल्छ सुन !!

किन जानु विदेश ? गरे यहि फल्छ सुन !!

उत्तम पोख्रेल बेलबारी । देशमा रोजगारीको अबसर नभएको भन्दै युवाशत्ति जति विदेश तिर पलायन भईरहका बेला आठ बर्ष जर्मन बसेर आएका एक यूवा सहित मोरङका दुई यूवाले नेपालमै लगानी गरे देश बिकास हुने भन्दै पशुपालन तथा मासु उत्पादनका लागी कम्मर कसेर लागीपरेका छन ।
मोरङको कोसीहरैचा नगरपालिकाका देबि प्रसाद पाण्डे र बेलबारी नगरपालिकाका खगेन्द्र न्यौपाने ब्यबसायिक रुपमा दुग्ध उत्पादन तथा मासु उत्पादनमा लागेका छन ।

राजनीतिक अस्थिरता तथा भौगोलिक समस्याका कारण बिकासका क्रमहरु रोकिएका कारण देश धेरै बर्ष पछाडि धकेलियो । १० बर्षे जनयूद्ध तथा बिभिन्न काल खण्डमा भएका राजनीतिक उत्तरचढाबका कारण यूवाशत्ति विदेश तिर पलायन भए । तर मोरङका दुई यूवा भने नेपालमै लगानी गरेर भबिष्य देख्न थालेका छन । काम गर्न सके यहि सुन फलाऊन सकिन्छ भनेर उनीहरु यतिबेला लागी परेका छन ।

हरियो बन नेपालको धन कृषिमा सवैको लागोस मन , भन्ने नाराका साथ करिब सात करोडको लगानीमा मोरङको कोसीहरैचा १५ कुमार गाँऊमा थालिएको दुग्ध तथा मासु उत्पादनका लागी उनीहरुले ३ सय भन्दा वढी गाई तथा भैसी पालेका छन । मान्यता सायन कृषी बहुउद्धेश्य फर्म दर्ता गरेर लगानी गर्न थालेको फर्म सञ्चालकहरुले बताएका छन । ८ वर्ष सम्म जर्मन बसेर केही सिकेको छु,अव नेपालमै बसेर काम गर्ने रहर छ,पाण्डेले भने म जर्मनमा बसेर कम्पनीमा काम गर्थे तर अहिले दुग्ध तथा अन्य मासु उत्पादमा भबिष्य देखेको छु ।

धेरै समय सम्म अर्काको देशमा बसेका तथा दुखसुख भोगेका लागी मात्रै मानबताको भाव देखिने तथा मातृभुमिको माया गर्नका लागी पाठ बन्दो रहेछ, पाण्डेले भने ।२१ जनालाई प्रत्यक्ष रोजगारी दिएको फर्ममा ६ सय लिटर दुग्ध उत्पादन गर्ने लक्ष्य रहेको छ । मासु उत्पादनका लागी ४ बिगाह भन्दा वढि क्षेत्रफलमा माछा लगाएर माछा उत्पादन गरीने भएको छ । ५० हजार भन्दा वढि माछाका भुरा पोखरीमा हाली सकिएको छ न्यौपानेले भने १ लाख हाल्ने लक्ष्य लिएका छौ ।belabaro

माछाको बजार समेत राम्रो देखीएको छ चाँडै उत्पादन समेत दिदो रहेछ । ६ महिनामै उत्पादन दिँदो रहेछ लगानी बढी भए पनि राम्रो आम्दानीको श्रोत मानेर माछा लगाएको न्यौपानेले बताए ।वाख्रा तथा कुखुरा समेत पाल्नका लागी संरचना निर्माणका काम भईरहको उनीहरुले बताएका छन । दुग्ध उत्पादनका लागी गाई तथा भैसी पालेर दुग्ध उत्पादन गर्न थालीएको छ । १४ बिगाह जग्गामा थालिएको उत्त फर्ममा माछा तथा गाई पाल्न थालिएको छ । ५० वटा दुहुना गाई ल्याउने तयारी भईरहेको छ,पाण्डेले भने गाईका लागी संरचना बन्दै छ ।

अहिले बक्रेना गाई मात्रै रहेका छन तिनै गाईको पालन तथा पोषणका कारण मासिक ७ लाख घाटा बेहोर्दै भए पनि काम गरीरहेको पाण्डेले बताए ।मासुका लागी मोरङकै स्थानिय बजार राम्रो मानिए पनि दुधका लागी भने स्थानिय बजार राम्रो मानिएको छैन । बजारमा दुध खपत भए पनि लगानी अनुसारको भाऊ नआउने गरेको दुग्ध उत्पादन गर्ने कृषकको भनाई रहेको छ । पशु पालक कृषक सँग ३० देखी ४५ रुपैया लिटर सम्म किन बेच गर्ने डेरीले ६० देखी ७० रुपैँया लिटरले दुध बेच्ने गरेका छन ।

कृषकले गरेको दुख समेत स्थानिय डेरी उद्योगले नहेर्ने गरेको कृषकको दुखेसो रहेको छ ।मासु उत्पादनका लागी पशु सेवा कार्यालयले परामर्श तथा अनुदानको ब्यबस्था गर्ने गरेको छ । माछा उत्पादनलाइ जोड दिएको कृषि कार्यालयले प्रति कठा १० हजारका दरले कार्यालयले अनुदान सहयोग गर्ने गरेको छ । नेपालमै केहि गर्छौ भन्ने ब्यत्तिका लागी भने बैँकहरुले भने सुलभ ब्याजमा ऋण प्रबाह गर्न सकेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्