३६७ किलो १४० ग्राम लागू औषध गाँजासहित ५ जनालाई पक्राउ

<span class='c1'>३६७ किलो १४० ग्राम लागू</span> <span class='c2'>औषध गाँजासहित ५ जनालाई पक्राउ</span>

रौतहट । बारा प्रहरीले विभिन्न स्थानबाट ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.३ बजनीबाट प्रहरीले लागू औषध गाँजा सहित मकवानपुर कैलास गाउँपालिका ४ बस्ने वर्ष ३२ को राजन लामा , हेटौडा उ.म.न.पा.३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र कैलास गा.पा.१० बस्ने वर्ष २७ को जिवन ठोकरलाई पक्राउ गरेको हो ।

हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३०५ किलो लागू औषध गाँजा सहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार ईलाक प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम लागू औषध गाँजा सहित प्रसौनी गा.पा.वडा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले ६० किलो लागू औषध गाँजा बरामद गरेको उनको भनाइ छ । पचरौता न.पा.वडा नं. १ मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा वरामद गरीएको उनले बताए ।भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ ।यस विषयमा आवश्यक अनुसन्धान र कानूनी कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्