अमरदह आइडल फाईनल असार ३ गते हुने

अमरदह आइडल फाईनल असार ३ गते हुने

बिराटनगर असार २ , दोस्रो अमरदह आईडलको फाईनल असार ३ गते हुनेभएको छ । अमरदह गाविसको सहयोगमा अमरदह बाल क्लवको आयोजनामा भइरहेको कार्यक्रमको फाईनल राउन्डमा ८ जना प्रतिस्पर्धीले स्पर्धा गर्ने कार्यक्रम संयोजक विरेन्द्र कुमार साहले जानकारी दिए । असार ३ गते १० बजे विरेन्द्र सार्वजनिक उच्च माविको प्राङ्गणमा हुने फाईनल चरणको स्पर्धामा देशका राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि भएको छ । फाईनल स्पर्धामा अमरदहका विभिन्न विद्यालयमा अध्ययनरत आठ जना विद्यार्थीहरुले स्पर्धा गर्ने भएका छन् । उनीहरुले १ सय २२ जना प्रतिस्पर्धीलाई उछिनेर फाईनलको यात्रा तय गरेका हुन् । फाईनलका लागि आठ जनालाई अहिले तालिम दिईरहेको र संगीतको बारेमा गायक तथा संगीतकार प्रवलदिप विश्वासले संगीतको ज्ञान दिइरहेका छन् । कार्यक्रमको फाइनलमा गायकद्व रामा मण्डल, डम्बर नेपाली र संगीतकार विकेश साउदेनले निर्णायाकको भूमिका निर्वाह गर्नेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्