बिराटनगर असार ५, पुर्वको ठुलो सहर बिराटनगरलाई हरित नगर बनाउन वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । बिराटनगर उपमहानगरपालिकाले बिराटनगरको पुष्पलाल- पानीटंकी सडकमा दुई सय बिरुवा शनिबार रोपेको छ । यसअघि वातावरण दिवसको अवसरमा बिराटनगर उपमहानगरपालिकाले १५ सय विरुवा रोपेको थियो ।