सशस्त्र द्वन्द्वका घटनाका दोषीलाई कारबाही माग गर्दै म्याग्दीमा २ सय २१ वटा उजुरी

<span class='c1'>सशस्त्र द्वन्द्वका घटनाका दोषीलाई कारबाही माग गर्दै</span> <span class='c2'>म्याग्दीमा २ सय २१ वटा उजुरी</span>

म्याग्दी ,असार ५ - सशस्त्र द्वन्द्वका घटनाका दोषीलाई कारबाही र बेपत्ताको खोजी माग गर्दै म्याग्दीमा २ सय २१ वटा उजुरी परेका छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले उजुरी माग गरेसँगै पीडित परिवारले आयोगले तोकेको पहिलो चरणको अवधि (असार २) गतेभित्र स्थानीय शान्ति समितिमा उजुरी हालेका हुन्। उजुरीको हाल्नेको संख्या बढेसँगै आयोगले अवधि थप एक महिना बढाएको छ।
प्राप्त उजुरीमध्ये बेपत्ता व्यक्तिको खोजी गर्न माग गरिएका चारवटा रहेको शान्ति समिति, म्याग्दीका कार्यालय सचिव विज्ञान सुवेदीले बताए। 'अझै दर्ता हुने क्रम जारी छ। सुरुआतका दिनमा निकै न्यून संख्यामा थियो,' उनले भने।
वैशाख ३ गतेयता म्याग्दीमा दुवै आयोगसम्बन्धी २ सय २१ वटा उजुरी परेको सुवेदीले बताए। 'द्वन्द्वप्रभावित जिल्ला भए पनि अपेक्षाअनुसार उजुरी आएको छैन। विभिन्न माध्यमबाट समेत सूचना गरिएको थियो,' उनले भने।
पीडितले राज्यले निको भएको घाउ बल्झाउने प्रयास गरेको भन्दै दोषीलाई कारबाही हुनेमा भने आशंका व्यक्त गरेका छन्।
समितिको रेकर्डअनुसार म्याग्दीमा सम्पत्ति क्षति भएका १ सय १८, मृतक ९६, हिरासतमा बसेका ७३, घाइते ६३, विस्थापित ३३, अपहरण १०, यातना ८ र बेपत्ता ६ गरी कुल ४ सय ७ द्वन्द्वपीडित छन्। जिल्लास्थित शान्ति समितिको कार्यालयमा लिखित रूपमा उजुरी दिन सकिने व्यवस्था आयोगले गरेको छ भने केन्द्रमा आयोगको फोन, फ्याक्स र इमेल प्रयोग गरेर उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्