विराटनगरमा बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात

विराटनगरमा बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात

विराटनगर असार ५ ,  विराटनगरको सुरक्षा अस्पतालले बिना दुखाई प्रसूति गर्ने सेवाको सुरुवात गरेको छ। विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी पूर्वाञ्चलमा पहिलोपटक पेन लिस सेवा संचालनमा ल्याएको बतायो ।
उक्त प्रबिधिमा महिलालाई १० देखी १४ घन्टासम्म प्रसुती व्यथा लाग्ने गरेको र त्यही अवधि भित्र सेवा मार्फत सुुई लगाएर दुुखाई कम गरिन्छ, सुुई लगाइ सकेपछी महिलालाई दुुखाइको कुुनै अनुुभव नै नरहने अस्पताले जानकारी दियो । यो सेवाको प्रयोगगर्दा ५ देखी १० हजारसम्म खर्च लाग्ने डाक्टर रम्भा देवले बताउनुुभयो । अस्पताल स्थापना भएको छैठौं वर्षको अवसर पारेर सेवा संचालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्