अहिले नै चुनाव सम्भव छैनः प्रचण्ड

अहिले नै चुनाव सम्भव छैनः प्रचण्ड

विराटचौक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रिय सहमति बिना चुनाव सम्भव नभएको बताएका छन । चुनाव अपरिहार्य भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।
मोरङको कोसीहरैचास्थित विराटचोकमा रहेको मंगल स्मृति प्रतिष्ठानको जेसिज सामुदायिक हलमा शनिबार भएको प्रदेश नम्बर १ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सहित नेताहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, मातृका यादवसहितका माओवादी केन्द्रका नेताहरुको टोली बिराटचौक आएको थियो ।
यसअघि बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गदै सरकारले निर्वाचन गराउने बारेमा सवै पक्षलाई साथमा लिएर जानु पर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘यो सामान्य छलफलवाट सम्भब हुने विषय होइन, यसका सत्तापक्ष प्रतिपक्ष र मधेसी मोर्चावीच सहमति आवश्यक पर्छ ।’
उनले सरकारले चुनाव गराउने बारेमा ल्याएको कार्ययोजना सकारात्मक भएका भएपनि राष्ट्रिय सहमति नहुँदा सम्म चुनाव हुन नसक्न बताए । अध्यक्ष प्रचण्डले एक महिना भित्र राष्ट्रिय सहमति सरकारको संभावना रहेको बताए । उनले सहमतिय सरकारका विषयमा दलहरुबीच कुराकानी भइरहको बताए । मधेसी मोर्चाले प्रस्तुत गरेको ७ बुँदेबारे सोधिएको प्रश्नमा प्रचण्डले संबिाधान जारी भईसकेको अबस्थामा संबिधान पुनर्लेखन गर्न नसकिने बताए । ‘संविधान शशाोधन गर्न सकिन्छ पुनर्लेखनको संभावना अब छैन,संबिधान पुनर्लेखनमा जाने बित्तिकै संबिधान खारेजीको संभावना बढ्ने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्