रिक्साचालकलाइ ट्राफिककाे किक: सामाजिक संजालमा भाइरल भएपछि कारबाहि हुने पक्का

रिक्साचालकलाइ ट्राफिककाे किक: सामाजिक संजालमा भाइरल भएपछि कारबाहि हुने पक्का

केहि दिनयता ट्राफिक प्रहरीको एक जवानले रिक्साचालकलाइ बिच सडकमा कुटिरहेको तस्विर नेपाली सामाजिक संजालमा भाइरल भइरहेको छ ।
तस्विर मेनरोड विराटनगरको हो जसमा ट्राफिक प्रहरीका एक जवानले निरिह रिक्सा चालकलाइ कुटपिट गरेको स्पष्ट देखिन्छ । यस तस्विरको सवत्र विरोध भइरहेको छ । ट्राफिक व्यवस्थापन गर्ने र कसैले ट्राफिक नियम पालना नगरे जरिवाना तिराउनेसम्मको अधिकार भएको ट्राफिक प्रहरीका जवानले किन ति निर्बल रिक्सा चालकलाइ त्यसरी कुटपिट गरे त ?
हाम्रा विभिन्न पाठकहरुले हामीलाइ लेखेको सन्देश र सामाजिक संजालमा आएका जानकारीका अनुसार ट्राफिक जाम हटाउने क्रममा सिठि बजाउदाँ सडक खाली नगरेको भन्दै ति रिक्सा चालकलाइ ट्राफिक जवानले कुटपिट गरेको भन्ने कुरा आएको छ । तर क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी पवन कुमार गिरिलाइ उदृत गर्दै नागरिक दैनिकले लेखेको छ ‘विराटनगरको जलजला रोडको वानवेमा राखिएको रिक्सा हटाउन लगाउदा नमानेपछि रिक्साको हावा खोल्न पुगेका ट्राफिक जवानलाइ मिचेर रिक्साचालकले रिक्सा अघी बढाउदा ट्राफिकको हात रिक्साको चक्काले किच्यो यसैबाट रिसाएर उनले लात्तीले हिर्काएका रहेछन् । ’ ति जवानलाइ कारबाहि प्रक्रियामा अघि बढाइएको जानकारी उनले दिएका छन् ।
तर एक ट्राफिक प्रहरीका जवानले गरेको गल्तीलाइ पुरै डिपार्टमेन्ट कै नाम बद्नाम हुने गरि सामाजिक संजालमा आएको प्रतिक्रियाले दुखित बनाएको उनले बताए ।

police kick to rikshaw chalak (5) police kick to rikshaw chalak (1) police kick to rikshaw chalak (2) police kick to rikshaw chalak (3) police kick to rikshaw chalak (4)तस्विर साभारः सामाजिक संजाल तथा अावर विराटनगरका पाठकहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्