सूचना प्रविधि सम्बन्धी १ दिने तालिम सम्पन्न

सूचना प्रविधि सम्बन्धी १ दिने तालिम सम्पन्न

उर्लाबारी , ४ असार
पूर्वी मोरङमा रहेका पत्रकारहरुलाई सुचना प्रविधिका बारेमा जानकारी दिने उदेश्यले मोरङ्गको उर्लाबारीमा सूचना प्रविधि सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । प्रेस चौतारी मोरङ्गको आयोजनामा उर्लाबारी–६ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको सभाहलमा तालिम सम्पन्न भएको हो ।
चौतारी मोरङ्गका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न तालिममा संगठनको इतिहास, संगठनका सदस्यहरुको भूमिका, संगठनलाई कसरी सुदृढ बनाउँने, पत्रकारितालाई विकास गर्नका लागी नयाँ सूचना प्रविधि लगायतका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा उर्लाबारी, मधुमल्ला, इटहरा, पथरी, लेटाङ्ग लगायत स्थानबाट सहभागी ३० जना पत्रकारहरुलाई प्रेस चौतारी मोरङ्गका संस्थापक अध्यक्ष दिपेन न्यौपाने र आइटी इन्जिनियर प्रनिश श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । तालिममा नेपाल पत्रकार महासंघ मोरङ्गका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष बन्धु पोखरेल, सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी लगातयले बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्