बिराटनगर बजारमा पाइने आँपमा हानिकारक रसायन

बिराटनगर बजारमा पाइने आँपमा हानिकारक रसायन

बिराटनगर असार ६ , बिराटनगर बजारमा विभिन्न ठाउँबाट आएका आँप तथा फलफूलमा स्वास्थ्यमा हानी पुर्‍याउने रासायन भेटिएको छ । बिराटनगरका विभिन्न १२ स्थानमा गरिएको अनुगमनका क्रममा अधिकंश आँप तथा फलफूलमा कार्वाइडको प्रयोग गरिएको पाइएको हो । यस्ता स्वास्थ्यमा गम्भीर असर पार्ने फलफूल बेच्नेलाई खाद्य एेन अन्तरगत कारवाही गरिने क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसन्धान अधिकृत पुष्प राईले बताए । अाँपलाई छिटो पकाउन र पहेँलो पाकेको देखाउन कार्वाइड प्रयोग गरिन्छ । कार्वाइड हालेका फलफूल खादा झाडापखाला लाग्ने , आन्द्राको भित्री भागमा घाउ हुने तथा क्यान्सर सम्म हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्