विराट मेडिकल कलेजमा पनि ब्लड बैंकको युनिट

विराट मेडिकल कलेजमा पनि ब्लड बैंकको युनिट

विराटनगर, असार ६ । बिराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनुवारीमा आइतबारदेखि ब्लड बैंकको युनिट स्थापना भएको छ ।
आइतबार एक कार्यक्रमका बीच  प्रमूख जिल्ला अधिकारी तोयम रायाले उद्घाटन गरि सन्चालनमा आएको हो । आकस्मिक दुर्घटना तथा भैपरीआउने जुनसुकै शल्यक्रिया गर्दा तत्काल रगत उपलब्ध हुन नसके बिरामी मृत्यु हुनसक्ने भएकाले रगतको सहज पहुँचका लागि ब्लड बैंकको युनिट सञ्चालन आएको हो । उक्त  युनिटको स्थापना नेपाल रेडक्रस सोसाइटी मोरङ्ग शाखासँगको समझदारी गरीएको हो ।birat medical11
उदघाटनमा जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमूख भानु याङ्गदेन, नेपाल रेडक्रस सोसाईटी, मोरङ्गका सभापति सुबोध कुमार सिंह, टंकीसिनुवारी गा.वि.स.का समाजसेवी ईश्वर कोइरालाले ब्लड बैक स्थापनाले सवैलाई सहज हुने चर्चा गरे । उद्घाटनका क्रममा रक्तदान कार्यक्रम समेत गरिएको छ । रक्तदान कार्यक्रबाट ५३ पिन्ट ब्लड संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्