बाल्टीमा राखेको पानीमा डुबी नाबालकको मृत्यु

बाल्टीमा राखेको पानीमा डुबी नाबालकको मृत्यु

पाँचथर, असार ६ 

पाँचथरको लुम्फाबुङ ५ मा आइतबार बाल्टीमा राखेको पानीमा डुबेर एक नाबालकको ज्यान गएको छ।

स्थानिय धन कुमार अर्यालको छोरा अन्दाजी डेढ बर्षिय गुन्जन अर्याल दिउसो २;३० बजे आफ्नै घरको बाल्टीमा राखेको पानीमा डुवी गम्भिर घाइते भएका थिए।

घाइते बालकलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा सोही अस्पतालमा अपरान्ह ४ बजे ज्यान गएको हो।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई आवश्यक कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्