नक्कली मदिरा बनाइ बेच्ने गिरोह पक्राउ

<span class='c1'>नक्कली मदिरा बनाइ</span> <span class='c2'>बेच्ने गिरोह पक्राउ</span>

काठमान्डौ असार ७ , ललितपुर प्रहरीले सक्कली मदिराको बोत्तलमा नक्कली मदिरा बनाइ बेच्ने एक गिरोहलाई पक्राउ गरेको छ। सिग्नेचर,रोयल स्ट्याग र रुस्लान भोड्का नक्कली बनाइ बेच्ने ३ जनालाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले बताए।

गुणस्तरहिन मदिरा  उत्पादनका साथै बजारमा बिक्री वितरण गर्ने भक्तपुर मध्येठिमी नगरपालीका वडा नं ३ बस्ने वर्ष ३३ को  दिनेश श्रेष्ठ ललितपुर ८ पाटन सुन्धारा बस्ने वर्ष २८ को नरेन्द्र महर्जन र सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नं ९ सानो सिरुवारी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं  ९  टिकाथली वस्ने वर्ष २१ को रविन्द्र दुलाललाई पक्राउ गरिएको उनले बताए।

ठूलो परिमाणमा नक्कली शिल लगाएको गुणस्तरहिन रक्सी, बोतल तथा बिर्कोहरु, रक्सीको बिर्को प्याक गर्ने प्लाष्टिक  बरामद गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्