मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी

मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी

बिराटनगर असार ७ , सप्तरीमा जारी दोश्रो सप्तरी मदन आश्रित राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र जनकपुर विजयी भएका छन्।दोस्रो दिन समूह ‘ए’ को खेल अन्तर्गत नेपाल पुलिस क्लबले विराटनगरको होराइजन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्‍यो। दोस्रो खेलमा जनकपुरले बुटवल होराइजन क्रिकेट एकेडेमीलाई ४ विकेटले हरायो।जित पछि नेपाल पुलिस क्लब समूह ‘ए’ को तथा जनकपुर समुह ‘बि’ को शीर्ष स्थानमा उक्लिएका छन्। आइतबार सम्पन्न पहिलो खेलमा विराटनगरको होराइजन एकेडेमीले आयोजक सप्तरीलाई पराजित गरेको थियो।

राज रंगशालामा सम्पन्न पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरको होराइजन क्रिकेट एकेडेमीले निर्धारित १८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९६ रन बनायो। उसका लागि कप्तान पुष्प थापाले सर्वाधिक ३१ तथा लाल बहादुरले १८ रनको योगदान दिए।यस्तै बलिङतर्फ नेपाल पुलिस क्लबका अजय राजबंशी र कुशल भुर्तेलले समान ३-३ विकेट लिए।

प्रति उत्तरमा ९७ रनको लक्ष्य नेपाल पुलिस क्लबले १५.२ ओभरमा ५ विकेट मात्र गुमाउँदै पूरा गर्‍यो। पुलिसको लागि शंकर रानाले सर्वाधिक ४१ रन प्रहार गर्ने क्रममा ३४ बल सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे। योगेन्द्र कार्कीले अविजित २६ रनको योगदान दिए। बलिङतर्फ होराइजन अमर सिंहले ३ विकेट लिए। म्यान अफ द म्याच नेपाल पुलिस क्लबका अजय राजबंशी भए।

सोमबारै सम्पन्न दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट एकेडेमी (बुटवल) ले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाई १०५ रन बनायो। उसको लागि निर्मल थापाले सर्वाधिक २३ रन बनाए। नुरधोज सेनले १९ रन योगदान दिए। बलिङतर्फ जनकपुरका कप्तान राज मोहम्मदले ३ विकेट लिए।

यस्तै शोभाकान्त पाण्डेले पनि ३ विकेट हात पारे जसले ३.२ ओभरमा १८ रन खर्चे भने गोपाल सिंह र सन्जोग कर्णले पनि २/२ विकेट लिए।१०६ रनको लक्ष्य जनकपुरले ६ विकेट गुमाउँदै १७ ओभरमा भेट्टायो। उसका लागि सोभाकान्त पाण्डेले सर्वाधिक ३८ रन बनाए। यस्तै संसाद सेखले २० तथा इशान पाण्डेले १६ रनको योगदान दिए। बलिङ तर्फ होराइजन बुटवलका युबराज सेन, गणेश गौडेल र सुभान्कर सन्यासीले २/२ विकेट हात पारे ।

खेलको म्यान अफ द म्याच जनकपुरका सोभाकान्त पाण्डे भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्