झापाको दमकमा आगलागी ९ घर, २३ वटा पसल जलेर नष्ट

झापाको दमकमा आगलागी ९ घर, २३ वटा पसल जलेर नष्ट

झापा, असार ७

झापाको दमक ५ स्थित बेलडागीमा सोमबार भएको आगलागीबाट ९ वटा घर र २३ वटा पसल जल्दा अन्दाजी १ करोड ५० लाख बराबरको क्षती भएको छ।

स्थानिय मनोज रिजालको कपडा पसलबाट २०;३० बजे बिधुत लाईन सटभई अचानक सुरु भएको आगोले कृष्ण कुमार निरौला, दिल बहादुर निरौला, डम्बर मुखिया, सन्तोष ठाकुर,आशाराम ठाकुर, टेक बहादुर मुखिया, बिल्टा ठाकुर, रमेश ताजपुरीया, र केबी राइको गरी ९ वटा एक तले घर जलेर नष्ट भएका छन् भने २ वटा सिडी पसल, २ वटा कपडा पसल, १ वटा किराना पसल, मोवाईल पसल ३ वटा, होटल ४ वटा , सैलुन ६ वटा, मनिट्रान्सफर १ वटा, जनता साईबर २ वटा, दुधडेरी १ वटा, र एउटा कस्मेटीक पसल जल्दा अन्दाजी १ करोड ५० लाख बराबरको क्षती भएको हो।
आगलागी नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानिय बासी र दमकलको सहयोगमा २३:३० नियान्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्