लहानमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

लहानमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

सिरहा, असार ७

सिरहाको लहान १ मा सोमबार राती ८ बजे मोटरसाइकलको ठक्करबाट नाम थर वतन खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ।

स ५ प १७३५ नम्बरको मोटरसाइकलले मागी खाई हिड्ने पैदलयात्रीलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते पुरुषको लहान स्थित रमाकान्त उमाकान्त अस्पतालमा उपचारको क्रममा २३२६ बजे मृत्यु भएको हो। मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्