गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा

गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा

सन्ताेष गाैतम,मधुमल्ला
गए रातीको अबिरल बर्षा संगै मधुमल्लाका घरहरू डुबानमा मधुमल्ला हुँदै बग्ने बक्राहा खोलामा आएको बाढीले मधुमल्ला को ३ स्थानबाट बाँधफोडी खोला गाउँ पस्दा २०० बढी घर डुबानमा परेकाछन् । गएराती करीब ३ बजेको समयमा मधुमल्ला ४ खोँबेझोडा दक्षिण धप्पर टोल, मधुमल्ला ५ मिथिल्लो कसेनी बाट पूर्व र मधुमल्ला ५ बेतेनी बाट पस्चिम गरी ३ ठाउँबाट बाँधफोडी खोला गाउँ पसेको स्थानीय बिष्णु भण्डारीले जनकारी दिनु भयो । अहिले सो क्षेत्रमा इलाका प्रहरी कार्यलय मधुमल्ला र इलाका प्रहरी कार्यलय उर्लाबारीको टोली बाढी प्रभावित क्षेत्रका १५ घर घर परिवार लाई सुरक्षित स्थानमा सारिएको र मधुमल्ला इ.प्र.का. सई . एदुकुमार खड्काले जानकारी दिनु भयो उद्धार गरीएका परिवाहरुमा भुमिका कार्की , श्रीबहादुर कार्की , मुना खड्का, समशेर बहादुर लिम्बु, उमेस थापा ,सविता थापा सहित १५ घर परिवार लाई उद्धार गरीएको खड्काले जानकारी दिनु भयो साथै बर्षा निरन्तर जारी रहेकोले खोला तरी जान कठिन हुँदा खोला पशिचमको खोला पसेको धप्पर टोल र बेतेनीमा टाँढी बाट उद्धारका लागी सहयोग मागीएको जानकारी दिनु भयो । साथै धप्परटोलका १० घर परिवार लाई सुरक्षित स्थानमा सारिएको स्थानीय शिक्षक कमल मिश्रले जानकारी दिनुभएको छ । सो क्षेत्रमा मानवीय क्षती नभएको र अन्या पशु तथा चौपायहरुको हाताहती बिवरण भने आइसेकेको छैन । यस्तै मधुमल्ला ५ बेतेनीको पनि क्षतीको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्