इटहरी डुवानमा, दुईको मृत्यु

इटहरी डुवानमा, दुईको मृत्यु

इटहरी, ७ असार। अविरल बर्षापछि स्थानीय टेंग्रा खोलामा आएको बाढीले बगाएर सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ । बाढीले इटहरीका ६ सयभन्दा बढी घर डुवानमा परेका छन् । गएरातिदेखि परेको भीषण बर्षापछि आएको बाढीले बगाएर इटहरी ४ का ६६ बर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो भने इटहरी २२ लविपुरका ५० बर्षीय भानुभक्त तिम्सिनाको करेण्ट लागेर मृत्यु भएको हो ।

घरको छतमा जमेको पानी फाल्दा हाइटेन्सन लाइनमा परेपछि करेण्ट लागेर उनको मृत्यु भएको हो । गएरातिदेखि सुनसरी लगायत मुलुकका पूर्वी क्षेत्रमा भारी बर्षा भइरहेको छ । इटहरीको साथी पेट्रोलपम्पमा नजिकैको बाँध भत्काएर खोला बस्तीमा पसेको हो । पानी नगरक्षेत्रमा प्रबेश गरेपछि इटहरीका अधिकांश क्षेत्रमा डुवानको समस्या देखिएको छ । इटहरीबाट बिराटनगर जाने सडकखण्ड जलमग्न छ । बस्तीमा बाढी पसेपछि टेंग्रा खोलाको बाढी नियन्त्रणका लागि बाँध बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी अविरल बर्षापछि कैलालीको धनगढी पनि डुवानमा परेको छ । कैलाली सदरमुकाम धनगढी बजारमा रहेका सरकारी कार्यालय जलमग्न हुँदा सेवाग्राहीपनि मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्