बिराटनगर असार १० , मोरङ-सुनसरी अौद्योगिक करिडोरका सात जुट मिलहरु बन्द भएका छन । सरकारले दिने भनिएको सेवा सुविधा क्रमश कटौती हुन थालेपछि उद्योग संचालनमा समस्या आएर बन्द भएका हुन । अहिले यश करिडोरमा चारवटा मात्रै जुट उद्योग संचालनमा रहेका छन । जुट मिल बन्द हुदा हजारौंले रोजगारी गुमाएका छन । भारतीय जुट उद्योगसंग प्रतिस्पर्धा गर्न नसकेर मिलहरु बन्द हुदै गएको उद्योगीहरु बताउँछन् । यसका साथै बिजुली अभाव , सरकारले ध्यान नदिदा यस्तो अवस्था आएको हो ।