बिराटनगर असार १० , मोरङ रंगेली नगरपालिका ७ स्थित घाघीखोलामा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर रंगेली टेकुवाका १८ वर्षका विशाल ऋषिदेवको मृत्यु भएको छ । साथीहरू संग पौडी खेल्न गएका उनि डुवेर बेपत्ता भएका थिए । उनको शव रंगेली ९ आमगाछीमा फेला परेको प्रहरीले बताएको छ ।