महिलाद्धारा तत्काल स्थानीय निकाय निर्वाचनको माग

महिलाद्धारा तत्काल स्थानीय निकाय निर्वाचनको माग

सुमन सुस्केरा
विराटनगर, असार ९
ग्रामिण महिलाहरुले स्थानीय निकायको निर्वाचन नहुँदा सम्म अधिकारबाट बञ्चीत हुनु परेको बताएका छन् । जागरण नेपालले मोरङ जिल्लाका बिभिन्न ५ गाविसहरुमा गरेको छलफलका क्रममा महिलाहरुले महिलाको अधिकार स्थापित गर्नको लागि स्थानीय निकायको निर्वाचनको माग गरेका हुन।
मोरङ जिल्लाको हातीमुडा, कटहरी, टंकी सिनवारी, सिसवनी जहदा र सुन्दर दुलारी नगरपालिकामा गरिएको फरक फरक छलफलका क्रममा महिलाहरुले गाविसमा महिलाहरु पछि पर्नुको कारण बारे जानकारी दँिदै स्थानीय निकायको निर्वाचन भएमा आफुहरुले पाउनु पर्ने सबै खालका अधिकारहरु निर्णायक तहमा पाउन सकिने बताएका हुन ।
हात्तिमुडाकी कमला खड्काले स्थानीय निकायको चुनाव भएको भए यो समय सम्म महिलाहरु धेरै निर्णय गर्ने ठाउँमा पुगिसक्ने थिए तर स्थानीय निकायको चुनाव नहुँदा धेरै महिला पछि परेको गुनासो गर्नुभयो । उहाँले मात्र हैन, सिसवनी जहदाकी सिला मुखियाको कुरा पनि उस्तै नै छ । उहाँले महिलाहरुको कुरा नुसुन्ने ्रबृती अझै हाबी रहेको जानकारी दिनुहुँदै स्थानीय निकायको निर्वाचन नहँदा महिलाहरु निर्यायक तहमा पुग्न महिलाहरु १८ बर्ष पछि धकेलिएको बताउनुभयो । एक पुस्ता स्थानीय निकायको निर्वाचन नदेखिकनै बुढोहुन लागिसक्यो उहाँले भन्नुभयो, अब हुने स्थानीय निकायको निर्वाचनले महिलालाई निर्णायक तहमा ल्याउँछ ।
राजनीतीमा लागेर लामै समय बिताई सकेका मात्र हैनन भर्खरै लागेकाहरुलाई पनि स्थानीय निकायको निर्वाचन चाँडै भए हुन्थ्यो भन्ने लागेको छ ।
निर्वाचन नहँुँदा महिला निर्णायक तहमा पुग्न सकेका त छैनन नै स्थानीय सुशासन र पारदर्शिताका बिषयमा पनि उस्तै प्रश्न उठि रहेका छन् । संस्थाले ५ गाबिसका १३५ जना महिला पुरुषसँग छलफल गरेको जागरण नेपाल मोरङका कार्यक्रम संयोजक वेद कुमार खत्रीले जानकारी दिनुभयो । उहाँले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन पछि महिलाहरुमा उत्साह देखिएको पाईएपनि लामो समय निर्वाचन नुहुँदा भने निसारा छाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्