प्रहरी आयोजनामा लैङिक हिंसा सम्बन्धि महिलाहरुलाई सचेतना कार्यक्रम

प्रहरी आयोजनामा लैङिक हिंसा सम्बन्धि महिलाहरुलाई सचेतना कार्यक्रम

सिरहा, असार १० गते।

सिरहाको गोलबजार १ मा स्थानीय महिलाहरुलाई प्रहरीले बिहिबार लैङिक हिंसा सम्बन्धि चेतना प्रदान गरेको छ।

गोलबजार नगरपालिका १ गोला मुक्सार स्थित श्री जनमुखी प्रा.वि. मा प्रहरीले स्थानीय ५० भन्दार बढी महिलाहरुलाई राखि लैङिक हिंसाका प्रकार र त्यसको कानूनी प्रावधानका बारेमा चेतनामुलक प्रशिक्षण दिएको हो।

प्रशिक्षणमा गोलबजार नगरपालिका वडा नम्बर १ तथा आसपासका महिलाहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्