धरानमा भ्यानको ठक्करबाट सोभा घिमिरेको मृत्यु

धरानमा भ्यानको ठक्करबाट सोभा घिमिरेको मृत्यु

सुनसरी, असार १२ गते।

सुनसरीको धरान-१३ मा शनिबार भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान-१३ निवासी सोभा घिमिरे रहेकी छिन्।

घिमिरेलाई को १ ज १५७७ नम्बरको भ्यानले पैदल हिड्दै गर्दा अपरान्ह ४ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएकी सोभाको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको हो। ठक्कर दिने भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियनत्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्