मानव बचाउ उपचार गृह संकटमा

मानव बचाउ उपचार गृह संकटमा

विजय धिमाल
राजघाट ११ असार
मोरङको उर्लावारी नगरपालिका ४ बैशावारी स्थित रहेको मानव बचाउ उपचार गृह (सुधार केन्द्र) दुइ दिन लगातार वर्षको कारण मावा खोलामा आएको बाढीले जोखिम बनाएको छ ।
कसैले ख्याल नगरे बाढीले बगाउने सम्भावना तिब्र रहेको छ । हाल कटान हुँदै केन्द्र बाट करिब ४५ मिटर उत्तर खोला आइसकेको अबस्था छ । तत्काल स्थानियहरु जुटी सो संस्था बचाउको लागी जेसिवि द्वारा बाँस गाडेर सिङगै रुखहरु हाली कटानलाई रोथाम गर्नेकार्य भएको छ । सुधार केन्द्र मात्र नभइ सो स्थन बाट खोला छिर्नगएमा बाल केन्द्रको जग्गा, पाथिभरा देवि मन्दिर, दमक १७ को टोल र सिधै राजघाट गाविसको केही वार्डहरुलाई विस्थापित बनाउने सम्भावना रहेको छ । उर्लावारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, शसस्त्र बल बेसक्यामका डिएसपी कृणगोपाल गुरुङ, उर्लावारी इलाका प्रहरी टोली पुगी स्थलगत निरिक्षण गरेकाछन र उनिहरुले यस सवालमा हाल जेजसरी हुन्छ रोकछेक गरौँ पानी घटेमा तारजाली सहित बोरामा बालुवा भरेर छेक्ने उपाय बाहेक केहीगर्न नसक्ने बताए । विगत वर्षहरुदेखी खोला छेकबारमा खोला पारी र वारी बिच निकै घम्साघम्सि चल्दै आएको अवस्था पनि एक जटिल समस्या बन्दै आएरहेको छ र जहाँ बाँध बानिनु पर्ने हो त्यस ठाउँमा नभएर अन्य ठाउँहरुमा तिब्ररुपले बाँध बाँधिदै आएको गुनासो छ स्थानियवासिहरुको । यस विषयमा सम्बन्धित निकायहरुले पनि चासो लिनुपर्ने उनिहरुको भानइ रहेको छ । सुधार केन्द्रलाइ जग्गा स्थानिय जग्गादाता कृष्ण कार्की, बल बहादुर बस्नेत, खड्ग बहादुर निरौला र मेघराज बस्नेत द्वारा मिलि साढे चार कठ्ठा प्रदान गरेको हो । यस साढे चार कठ्ठा जग्गा भित्र हाल दुइ कठ्ठा चार धुरमा दश फिट उचाई र दश इन्चि पर्खाल निर्माण सम्पन्न भैसकेको छ । बिगत दश वर्ष देखि अयन्त्र केन्द्र संचालीत भैरहेको अवस्था हो । र जग्गा अनुदान भएपछि यस स्थानमा भवन निमार्ण गर्न सुर रहेको अवस्था हो । तत्काल आफ्नै भवन निर्माण गरिसक्ने बर्तमान अध्यक्ष सागर राईले जानकारी दिनुभयो । निमार्ण त गर्ने तर खोला दिनानुदिन नजिकिदै गर्दा समस्या आइपरेको बताउछन पूर्व अध्यक्ष रविन्द्र प्रसाद दाहाल । थप्दै भवन निमार्णका लागी सामाग्रीहरु भरीसकेको छ र खोला बाट कसरी बचाउने ? यस सबालमा सम्बन्धित निकाय नगरपालिका, स्थानिय दल र आम स्थानिय बासिहरुको साथ सहयोग अनिवर्य रहेको छ । नगरपालिकामा कुनै सामसद आएमा, नयाँ डिएसपी आएमा, नयाँ प्रहरी प्रमुख आएमा सबै झुम्मिनछन तर समस्या आइपरेमा स्थानिय रानैतिक दलका प्रमुख भन्ने व्यक्तिहरुको कुनै चासो नभएको मावा खोला तठबन्धन समितिका सदस्य सम्शेर लिम्बुको भनाइ छ । तत्काल संरक्षणको लागी बिहान ४ बजेदेखी दिउसो ३ बजे सम्म स्थानिय खगेन्द गुराँगाई को अगुवाइमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्