कसेनीका बाढी पीडितले पाएनन राहत

कसेनीका बाढी पीडितले पाएनन राहत

 

विजय धिमाल

राजघाट ११ असार

बक्राहा खोलमा गएको बाढीले मधुमल्ला कसेनी—५ कालीडाँगीका २५ घर परिवारले राहत पाउन सकेका छैनन् । बाढीले घर बगाएका तथा उर्भरभुमी जमिन बगरमा परिणत भएकाहरुले राहत पाउन नसकेका हुन् । राहत बिभिन्न संस्थाहरुले बाढेपनि उनीहरुलाई पनि अति आवश्यक छ । राहत बजार तिर बाढियो,हामी खोलामा हुने पाउन सकेनौं, स्थानीय बाढी पीडित बुद्धीलाल दर्जिले भने‘हामी खोलामा राहतको लागि भौतारिरहेका रहेकाहरुलाई पनि संस्थाले देखिदिए हुने । ’ घरभित्रैबाट खोला कुदिरहेको छ,आज बगाउछ कि भोलि भन्ने भएको छ स्थानीय जगत बहादुर आङदेम्बेले दुखेसो पोखे,‘हामीलाई पहिलो कुरो गाँस अनि बास र कपासको आवश्यक छ । कतिपयले घरको भाडाकुडा बगाएर पकाएर खान समेत गाह्रो भएको बताए । ‘ भाडाकुडा भएकाहरुमा दुखसुख मिलेर पकाएर खाईरहेका छौ‘स्थानीय रनबिर दर्जी भन्छन्‘ एकसरो कपडामात्र छ , त्यहि लगाएर हिडिरहेका छौ । ’ स्थानीय बुद्धिलाल दर्जि,जगद बहादुर आङदेम्बे,वीरबहादुर आङदेम्बे,इन्द्रबहादुर आङदेम्बे,खगेन्द्र अधिकारी,खड्गबहादु कार्की,अगम दहाल,चन्द्रबहादुर तुम्रुङ लिम्बू,गोकुल बढाथोकी,बबिन्द्र कटुवाल,केशव खड्का,विशाल आङदेम्बे,शयममाया लिम्बू, गोमनसिंह चम्लागाईले राहत पाएका छैनन् । यस्तै, सोहि ठाउँकै टंक होमागाई,गोपाल होमागाई,रबिन दर्जि,रजवीर दर्जि,रनबिर दर्जि,अनिल दर्जि,मानबहादुर गोले,नन्दी तामाङ,प्रेम तामाङ,सेतीमाया तामाङ,धनबहादुर मगर र रोशन दर्जीले पनि राहत पाउन सकेका छौ । उनीहरुले राहतले सबैलाई समेट्नु पर्ने दुखेसो पोखेका छन् । यसैबिच न्यानो अभियानको टोलीले बक्राहा खोलाको पिडीतहरुमा गएर अवोलोकन गरेको छ । बाढीले घर तथा ooउर्भरभुमीमाटो बगरमा परिणत गरेको ठाउँमा अवोलोकन गरेको हो । न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बू सहित संजिव बुढाथोकी,हेम राज गुरुङ,कमल वाइवा,ज्ञानु लामा,संजिव कार्की,कृष्ण वाइवा,दिपीन खड्का,बिबेक हिङमाङ,इश्वर भट्टराई,राजकुमार योन्जन र तेजन खड्काले अवोलोकन गरेका हुन् । अवोलोकन गरेको टोलीले सहयोगको लागि अपिल गर्दै आफुहरु सक्रिय रहने जनाएको छ । सोहि अभियान टोलीका सदस्य तथा उज्यालो समाज राजघाटका संयोजक हेमराज गुरुङले खोलामै बाढी पीडीतको लागि नगद १० हजार सहयोग गरेका छन् । न्यानो अभियानका संयोजक पूर्ण सिंगक लिम्बूलाई उक्त रकम हस्तान्तरण गरे । अभियानका सदस्य तथा पत्रकार तेजन खड्काले आफुहरु मार्फत देशविदेशबाट सहयोग आउने तयारी भईरहेको बताए । उनले भने‘ सहयोगीदाताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाईरहनुभएको छ । ’ सहयोग संकलन भए राहत तथा उद्धारमा खट्ने छौ‘ अभियानका सदस्य कमल वाइवाले भने‘ इटहरा मधुमल्ला,उर्लाबारी,मंगलवारे राजघाटका साथीभाईहरुको टिम बनाएका हौ । ’ मंगलवार बिहान मधुमल्लामा बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा पाँच वटा वडाका २०० भन्दा बढी घर डुबानमा परेका थिए । मधुमल्लाको ४ र ५ नम्बरको दुई ठाउँबाट गरी तीन ठाउँबाट खोला गाउँमा पसेको र खोलाको जोखिम झन झन बढेको हो । बक्राहा खोलामा बलियो तटबन्ध नहुँदा यस वर्ष पनि खोला आसपासका गाउँ बाढीको उच्च जोखिममा परेका हुन् । बर्सेनि बक्राहा खोला बाँध फुटाएर गाउँमा पस्दा स्थानीयले जनधनको क्षति बेहोर्दै आएका छन् । बक्राहा खोलाको उत्तरी भेगमा कमजोर बाँध बनाइएको कारण यो वर्ष पनि क्षति भएको हो । हचुवाको भरमा जलउत्पन्न प्रकोप डिभिजनले बनाएको कामजोर बाँध यो वर्ष असारको पहिलो हप्ताकै पानीले भत्काएको हो । बांगोगरी बनाइएको बाँधलाई उत्तरतर्फबाट उर्लिएर आउने पानीको बेगले धक्का हान्दा विगतमै कमजोर बनाई दिएको स्थानीयले बताएका छन् । प्लान इन्टरनेशनलसहितका दाता निकायको सहयोगमा बनाइएको बाँध पनि कमजोर रहेको बताइएको छ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सार्न सुरु गरेको छ । १६ घर परिवारलाई सारिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायव निरीक्षक यदुकुमार खड्काले बताए । उनले भने,‘अन्यलाई पनि प्राथमिकता हेरेर सार्ने तयारी भई रहेको छ ।’ जिल्ला दैवीप्रकोप उद्दार समितिले पनि मधुमल्लामा उद्दार र राहतको कामलाई तिव्रता दिन निर्देशन दिएको छ । बाढीको बहाब कम नहुँदा घर डुवानमा परेका धेरै पीडितहरुलाई उद्दार गरेर सुरक्षित स्थानतर्फ लैजान कठिनाई भएको छ । धप्पर टोलका १० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्