स्थानीय निकाय निर्वाचनको चर्चा उर्लाबारीमा कोको छन् भावी मेयरको लाइनमा ?

स्थानीय निकाय निर्वाचनको चर्चा उर्लाबारीमा कोको छन् भावी मेयरको लाइनमा ?

उर्लाबारी ः सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरेको छ । स्थानीय निकायको निर्वाचन गर्ने सरकारी तयारीको चर्चा चलिरहदाँ स्थानीयस्तरमा भावी मेयरको चर्चा हुन थालेको छ । उर्लाबारीको भावी मेयर को बन्दैछ रु कुन राजनीतिक दलले कसलाई सिफारिस गर्ला रु भन्ने चर्चा चिया गफमा हुन थालेको छ । नहोस् पनि कसरी, मेयरको टिकट फुत्काउने दाउँमा स्थानीय नेताहरू आन्तरिक गृहकार्यमा लागेका छन् । शृंखलाबद्ध रूपमा मेयरका दाबेदारको बायोडाटा पत्रपत्रिकामा प्रकाशित भइरहेकाले पनि मेयरको चर्चालाई अझ चुल्याएको छ । नेपाली कांग्रेसले साताव्यापी वडा भेला सफलतापूर्वक सम्पन्न गरेको छ भने राप्रपा नेपालले पनि नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । नेकपा माओवादी केन्द्र पार्टी एकतामा छ भने एमाले पनि नगर भेलाको आयोजना गर्ने आन्तरिक रूपमा छलफल गरिरहेको छ । स्थानीय स्तरमा राजनीतिक दलको यो तयारीलाई जनस्तरबाट निकाल्दा कतै स्थानीय निर्वाचनको तयारी त होइन भन्ने अड्कल काट्न सकिन्छ । कुनै पनि निर्वाचनमा उम्मेद्वारको आकांक्षी बढ्नु स्वभाविक नै हो । तर, उर्लाबारी नगरपालिकाको मेयरका लागि दर्जन आकांक्षी देखिएका छन् । मेयर हुने चक्करमा रहेका कतिपय अहिले देखिनै नगरपालिकमा बाक्लो उपस्थिति देखाउने, विकास निर्माणका कुरामा सक्रियता देखाउने, सम्पर्क बढाउनेतर्फ लागेका छन् ।

 

यसले पनि चुनावको भित्री संकेत गरेको छ । कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा देखिने उर्लाबारीमा अन्य राजनीतिक दलले चुनाव जित्न हम्मे नै पर्दछ । यद्यपि, माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपाले चुनावी परिणामलाई ठूलो प्रभाव पार्नेछ । पछिल्लो अवस्थामा यी दलले स्थानीय निकायको निर्वाचनका लागि तयारी गर्दै आफ्नो दाबेदारी पनि प्रस्तुत गरिरहेका छन् । यसलाई मध्यनजार गर्दा यी दललाई स्थानीय निकायमा चानचुने मान्न मिल्दैन । पछिल्लो अवस्थामा कांग्रेसबाट बीरवल थापा, एमालेमा मनोरथ भण्डारी, माओवादी केन्द्रमा राजेन्द्र पौडेल, राप्रपा नेपालमा देवीप्रसाद दाहाल उर्लाबारी नगरको नेतृत्वमा छन् । पार्टी भित्र नेतृत्व गर्ने हिसाबले तत्कालै निर्वाचन भएमा उनिहरूपनि स्थानीय निकायको उम्मेद्वारको बन्न सक्छन् । तर, संगठनात्मक संरचना ठूलो भएको कांग्रेस, एमालेमा स्थानीयस्तरमा लामो समयसम्म काम तथा योगदान दिएका नेताहरू पनि छन् । मेयरको उम्मेद्वार बन्न उनीहरूलाई पाखा लगाउन सक्ने अवस्था छैन । कांग्रेसभित्र संगठनको नेतृत्वलाई पन्छाएर अगाडी बढाउँदा भोलामान श्रेष्ठ, शोभा चेम्जोङ पालुङ्वा, जयधर्म आचार्य, केशव कार्की चर्चामा छन् । श्रेष्ठ उर्लाबारीका अग्रणी समाजसेवी हुन् । पालुङ्वा सशक्त महिला उम्मेद्वार हुन् । यस्तै, आचार्य पूर्वगाविस सचिव तथा कार्की नगरविकास समिति उर्लाबारीका अध्यक्ष हुन् । यस्तै, एमालेभित्र भण्डारीबाहेक मानबहादुर श्रेष्ठ, गंगाप्रसाद बास्तोला, गंगाप्रसाद खरेल शक्तिशाली उम्मेद्वार हुन सक्छन् । तर, क्षेत्रीय स्तरमा रहेका श्रेष्ठ र बास्तोला मेयरमा नआउन पनि सक्छन् । श्रेष्ठ, नेकपा एमाले मोरङ सचिवालय सदस्य हुन् । बास्तोला क्षेत्रीय अध्यक्ष तथा खरेल पार्टीका उर्लाबारी नगर कमिटी इन्चार्ज हुन् ।

 

उता माओवादी केन्द्रभित्र भने उर्लाबारीलाई चिनेका बुझेका त्यस्ता शक्तिशाली पात्र छैनन् । तर उर्लाबारीको नेतृत्व गरेको हिसाबले पौडेल उम्मेद्वार बन्न सक्छन् । साना राजनैतिक दलको खासै भूमिका नभएपनि राप्रपा नेपालको यसपटक सशक्त भूमिका हुन सक्छ । गत संविधानसभाको नगरभित्र समानुपातिक मतको हिसाब गर्ने हो भने राप्रपा नेपालपनि उर्लाबारीमा शक्तिशाली छ । राप्रपा नेपालमा दाहालबाहेकको अबस्थामा राजेन्द्र कार्की शक्तिशाली उम्मेद्वार देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्