विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति उद्यान स्थापना गरिने

<span class='c1'>विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति</span> <span class='c2'>उद्यान स्थापना गरिने</span>

विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा वनस्पति उद्यान स्थापना गरिने भएको छ ।

वनस्पतिको अध्ययन–अनुसन्धानमा सहज होस भन्ने उद्देश्यले स्नातकोत्तर क्याम्पस प्रध्यापक संघको अगुवाईमा बोटानिकल गार्डेन अर्थात बनस्पति उद्यान स्थापना हुन गर्न लागिएको हो । प्रध्यापक संघले आज विराटनगरमा पत्रकार सम्मेलन गरि वनस्पति उद्यानसँगै पिकनिक स्पोर्ट र चिल्डेन पार्क समेत निर्माण गरिने जानकारी दिएको छ । क्याम्पसको ४ विगाहा जग्गा मध्ये पहिलो चरणमा एक विगाहा ७ कठ्ठा जग्गामा उद्यान स्थापना गर्न लागिएको स्नातकोत्तर क्याम्पस विराटनगरका प्रा.डा. शिवकुमार राईले जानकारी दिनुभयो । उद्यान निर्माण गर्न १ करोड ६० लाख लाग्ने प्रस्ताव गरिएपनि पहिलो चरणमा सरकारले १० लाख रुपैयाँ उपलव्ध गराएको उहाँले जानकारी दिनुभयो । त्रिवी प्राध्यापक संघ स्नाकोत्तर क्याम्पस इकाईका सभापति चक्रपाणि खनालले, अहिले टेन्डर प्रक्रिया शुरु गरि उद्यानका लागि घेराबेरा गर्ने काम भइरहेको जानकारी दिनुभयो । उद्यानमा औषधि उत्पादनमा प्रयोग हुने वनस्पति, लोप हँुदै गएका जीवजन्तु तथा वनस्पती राख्ने म्युजियम तथा सिड बैंकसमेत निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्