विद्युतबाट चल्ने भेलोसिटि ब्राण्डका स्कुटर बजारमा आयो

<span class='c1'>विद्युतबाट चल्ने भेलोसिटि ब्राण्डका</span> <span class='c2'>स्कुटर बजारमा आयो</span>

प्रेम देवान
विराटनगर १३ असार,
आरएमडी ट्रेडिङले विद्युतबाट चल्ने भेलोसिटि ब्राण्डको तिन वटा मोडलका स्कुटर बजारमा ल्याएको छ। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ट्रेडिङले मंगलबारबाट औपचारिक रुपमा विक्री खुल्ला गर्ने जानकारी दिएको छ। टे«डिङले भेलोसिटी ह्वीक, फल्कोन र रेन्जर स्कुटर बजारमा ल्याएको हो ।

पेट्रोलबाट चल्ने भन्दा कम खर्चमा कुदाउन मिल्ने र आरामदायी समेत रहेको ट्रेडिङका निर्देशक भोगेन्द्र धनाबतले जानकारी दिनुभयो । सो स्कुटरको मुल्य एक लाख पच्चीस हजार देखि एक लाख ७५ हजार सम्म मुल्य पर्ने जनाइएको छ। जापानी प्रविधिका यी स्कुटरका पार्टपुर्जाहरु चिनबाट आयात गरेर नेपालमै फिटिङ गरिएको निर्देशक धनाबतले बताउनुभयो। यसमा अन्य मोटरसाइकलजस्तो इञ्जीन नहुने भएकाले उपभोक्ताहरुले सर्भिसिङमा ज्यादा खर्च नलाग्ने निर्देशक धनावतले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्