मोरङ स्थित मधुमल्लामा २६ घर परिवारको विचल्नी,अझै पाएनन् राहत

मोरङ स्थित मधुमल्लामा २६ घर परिवारको विचल्नी,अझै पाएनन् राहत

प्रेम देवान
विराटनगर १४ असार
मोरङ स्थित मधुमल्लाको बस्तिमै बक्राहा नुनसरी खोला पसेपछी बिचल्नीमा परेकाहरुले उचित राहत पाउन सकेका छैनन् । एउटा पाल समेत समयमै पाउन नसक्दा समस्यामा परेको पिडीतहरुले बताएका छन् । खोला पसेपछी २६ घर परिवारको विचल्नी भएको छ । अहिले पनि गाउँवाटै खोला बगीरहेको छ । खोलाले  गाउलाईनै बगर वनाइदिएको छ । त्यहाँ जान सक्ने स्थिति अझै नरहेको स्थानियले वताएका छन् । खोलालाई आफनै धारमा फर्काउने प्रयास भइरहको प्रमूख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनु भयो ।

यसै वीच  सांसद अमृत अर्याल सहितको टोलीले वाढिप्रभावित क्षेत्रको निरिक्षण गरेको छ । त्यसैगरी बाढीप्रभावित क्षेत्रमा तरुणदल मोरङको आयोजनामा  राहत वितरण गरिएको छ ।  २६ परिवारलाई , प्रतिपरिवार एकबोरा चामल ,एउटा पाल र टर्चलाईट वितरण गरिएको तरुणदलका जिल्ला सभापति सन्जय थापा (प्रभाकर)ले जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेस मोरङका कोषाध्यक्ष  गोपाल थापा , क्षेत्रीय सभापति खड्ग फागो,महासमिति सदस्य सोभा पालुङ्गा, निवर्तमान संगठन विभाग सचिव बसन्त हुमागाई,युवा नेताहरु कृष्ण कार्की, तरुणदल जिल्ला सदस्य लिला काफ्ले ,नौ न क्षेत्रीय सभापति देवराज चाम्लिङ्ग लगायतको टोलीले राहत वितरण गरेको थियो । राहत वितरण कार्यक्रममा गाउमा पसेको खोलालाई आफ्नैधारमा फर्काउन ढिलाइ भएको स्थानियले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्