दही चिउरा खादै आवर विराटनगर सुरु गरेको हिजो जस्तो लाग्छ

दही चिउरा खादै आवर विराटनगर सुरु गरेको हिजो जस्तो लाग्छ

प्रेम देवान
विराटनगर १५ अाषाढ,
त्यो बेला अनलाइन मिडियाको रुपमा देशको केन्द्र अर्थात काठमाण्डौमा मात्र व्याप्त थियो तर मोफसलमा भने यो अनलाइन मिडिया नको बराबर थियो । शताब्दी त हामी एक्काइसौ भन्थ्यौ तर पनि हामी प्रविधि र सुचनाको युगबाट कोषौ टाढा थियौं । मैले पनि त्यो बेला भर्खरै पत्रकारिता शुरु गरेको थिए ।

म प्रविधि भने पछि हुरुक्क हुन्थे । सधैं लिथो मेसिन र कम्प्यूटर टाइप गरिएका धमिलो कागजका प्रकाशन देखेर छटपटि हुन्थ्यो । के हामीले प्रविधिलाई मोफसलमै बसेर उच्चतम विन्दूसम्म पु¥याउन सक्दैनौ ? भनि मन भित्र एउटा व्यथा र छटपटी रहिरहन्थ्यो । जे होस् काम इमान्दारीताका साथ शुरु गरे भने क्षणिक अप्ठेरो आइ परेता पनि यसले पछि जिवन्तता पाउने छ भन्ने भरपुर आस र विश्वास थियो । फलस्वरुप , म संगै मेरो सपना जिवन्त पार्ने केहि साथीहरु भेटे र अनेकौ व्यवधान, विफलता पछि सफलताको मिठो तस्विर र कथा कोर्न हामी सफल भयौं । २०६९ असार १५ गतेका दिन सरोज कार्की, सुरेश कार्की, निर्मल शर्मा लगायतकाकेही जागरुक युवा पत्रकारहरु मिली दही चिउरा खाँदै आवर विराटनगरलाई सुरुवात गरेको पनि हिजो झै लाग्छ । अनलाईन वा इन्टरनेट संचार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाईन संचारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ । विश्वका विकसित मुलुकहरूले अनलाईन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानूनको व्यवस्था समेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ ।

पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ । विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ ।

आजको डिजिटलाइजेशनको युगमा अबका सन्ततीहरुपनि डिजिटलाइजेशनको वेगमा सँगै बग्नु पर्छ भन्ने मान्यताका साथ आवर विराटनगर डटनेट नामक अनलाइन पत्रकारिता असार १५ बाटै शुरु ग¥यौ । सुरुमा डट कम डोमेनमा रहेको यसलाइ पछि डटनेटमा लगियो । यसले केहि हदसम्म मोफसल मात्र नभई संसारभर नयाँ नयाँ प्रविधिको माध्यमबाट मोफसलमा हुने गरेका सामाजिक कार्य, शैक्षिक,राजनितीक, मनोरञ्ज , खेलकुद र जनचेतना मुलक अभिव्यक्तिहरुलाई सम्प्रेषण गर्न सफल भयौं ।

नभन्दै आवर विराटनगर ईन्टरनेटको माध्यमद्धारा विश्वभर संस्कारण हुन थाल्यो । दिनप्रतिदिन हाम्रा मोफसलमा भएका गतिविधिहरुलाई हामीले क्रमशः अनलाइनमा पोष्ट गर्न लाग्यौ । दिनप्रतिदिन अनलाइनमा धेरै शुभेच्छुकहरुको आकर्षण बढने क्रम निरन्तर रह्यो । कतिको प्रतिक्रिया , आलोचना , सकारात्मक र नकारात्मक दृष्टिकोणहरु भेट््यौ । यी सबै हाम्रा लागि अझ अगाडी बढ्ने हौसला, आँट र उर्जा थियो । नभन्दै यसले विराटनगरमा निकै नै नाम कमाउन सफल पनि भयो ।
पछिल्लो समय हाम्रै पाइलाहरु पछयाउदै अरुले पनि हाम्रै पछि पछि आउने साहस भेटे र अहिले हाम्रै शुरुवातको डोबहरुलाई समाउदै अनगिन्ति अनलाइनका साइटहरु मोफसल र अझ भनौ विराटनगरमा पनि देखिन थाले । तर जे जति भने पनि ओल्ड ईज गोल्ड भन्ने उखानलाई हाम्रो आवर विराटनगरले उदाहरणीय काम गरेरै छाड्यो र गरि रहनेछ ।
विज्ञान र प्रविधीको विकाससंगै विराटनगरबाट अनलाईन पत्रकारीता सुरु गरेको आज ५ बर्ष पुगेछ । अब आउने दिनहरुमा पनि यसरी नै तपाईहरुको माया र साथ पाउने आशाका साथ निरन्तर कायम रहोस भन्ने अपेक्षा गरेका छौ । सबै शुभेच्छुमा धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्