मल्हनिया खोलामा डुबेर १० बर्षिय बालकको मृत्यु

मल्हनिया खोलामा डुबेर १० बर्षिय बालकको मृत्यु

सप्तरी, असार १६

सप्तरीको रामपुर-९ स्थित मल्हनिया खोलामा डुबेर बुधबार साँझ १० बर्षिय बालकको मृत्यु भएको छ।

स्थानिय भोला यादवको छोरा किरण कुमार यादवको पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको हो।

घटना स्थलमा प्रहरी चौकी रामपुरबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान भइरहेको छ।

त्यसैगरी झापाको कन्काई-९ मा बुधबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। खेतमा आली लगाउन गएका स्थानिय मोहन मुर्मु साँझ ६ बजे मृत अवस्थाम भेटिएका हुन्।

घटना स्थलमा इलाका प्रहरी कार्यालय अनारनमिबाट प्रहरीको टोली खटी गई कानूनी प्रकृया पुरा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्