२३ असार २०७७, मंगलवार

यो ताल अचम्मको छ जसलाइ हेर्दा जेठ (Z) आकारमा देखिन्छ

विजय धिमाल
राजघाट १६ असार
कातिपय प्राकृतिक वस्तु यसता हुन्छन जो मुल्यवान र आँखै अगाडी रहँदा पनि देख्न सकिन्न । यस्ता प्राकृतिक भु–बनोट जाहाँत्यही हुन्न पनि जुन ठाउँमा हुन्छ त्यस्को कुनै महत्व हुँदैन । नेपालीमा उखाननैछ नजिकको तिर्थ हेला । बास्तवमै हो पनि त्यही स्थानियले यस कुरालाई महत्य दिएका हुन्न आगन्तुक व्यक्ति वा एक दिन बास बस्न आएको पाहुनाले त्यस ठाउँको भविष्य देखेको हुन्छ । हामी प्राय विभिन्न ठाउँहरु तिर अथाहा पैसा खर्च गरीगरी जने गर्दछौ । यदी कसैले अन्य कुनै रमणिय ठाउँको व्यख्या गर्न लगाए भने सासै नफेरी सरसरी भन्न पछि पर्दैनन तर आफु रहेको स्थानको बारेमा कसैले सोधे वा व्याख्या गर्न लागाए भन्न सक्दैनन । आफ्नै स्थानमा रहेको अमुल्य प्राकृतिक मनोरम ठाउँ भुलिरहेको हुन्छन ।
त्यस्तै एक्दमै रमणिय ताल वा ठाउँ मोरङको अमरदह ५ केचना स्थित रहेको छ । यस ठाउँको वारेमा स्थानिय वासी वा स्थानिय सरोकार वालाहरुले समेत बेवास्था गरेको पाइन्छ । जहाँ सात विग्गा चौध कठ्ठा नौ धुर क्षेत्रफल जमिन ओगटेको प्राकृतिक ताल बेबाहारीसे अस्थामा रोइ रहेको छ । यो ताल अचम्मको छ जसलाइ हेर्दा जेठ आकारमा देखिन्छ ।a
रंगेलि रोडको करिब १५ किलोमिटर उत्तर र पथरीशनिश्चरे नगरपालिकाको भुटानी सिविर (सिविर डाँडा) देखि करीब ९/१० किलोमिटर सिधै दक्षिण पर्दछ । यस स्थानमा एक हाटबजार छ जो प्रत्येक हप्ताहको शुक्रवार र सोम्वार हाटबजार लाग्ने गर्दछ । हरेक द्रिष्टीकोणले यस ठाउँ एक्दमै रमणिय छ । यस तालको छेउछाउमा मुख्य चोक, विद्यालय, बजार, बस स्टेन्ड लगायत विभिन्न छन । हाल सम्म पनि यस ताललाई त्यति महत्व र चासो लिएका देखिन्न् स्थानिय र सरोकार वालाहरुले । वि.सं. २०२६ साल अघि झारै झार, असुहाउदिलो, मखन र रातो कमलको फुलले यस ताल पुरै ढाकेको अवस्था थियो । वि.स. २०६२ साल तिर प्लान नेपालको पहल वा नेतृत्वमा चौध लाख रकम सहयोग भई केही सुधार भएतापनि हाल उस्तै छ । जुन रकमले तालको वरीपरि बाँध र विभिन्न विरुवाहरु रोपिएको स्थानिय श्री मंगलसिंह माविका शिक्षक भरतमान राई बताउछन । एक्दमै सान्त÷सितल÷आनन्द र रमणिय ठाउँ रहेको छ यसठाउँ । जहाँ रातो कमलको फुलले त झन मनै आनन्दित तुल्याउने वातावरण रहेको छ । तालको वरीपरी मठमन्दिर र राई जातिको साकेला थान÷शिवालय मन्दिर रहेको छ । मठमन्दिर र थानले गर्दा होला प्राय तालको वरीपरी सफासुगर रहेको छ । पहिलेको ताल दुई मान्छे जति गहिरो रहेको थियो र हाल पुरीदै गएको स्थानियको भनाइ छ । पञ्चायतकालमा यस ताललाई पञ्चायतले नै संरक्षण र सम्बद्र्धनमा रहेको र पछी सार्वजनिक रुपमा स्थानियहरुले संरक्षण समिति गठन गरी यस्को संरक्षण र सम्बद्र्धन गरेको सथानियहरु बताउछन ।aaa
जसरी भएपनि यस्लाई बचाउनको निमित्त केही स्थानि बुद्धिजिविहरुले वि.सं. २०४९ साल देखि यस पोखरीको संरक्षण र सम्बद्र्धन होस भनि श्री मंगलसिंह माविले जिम्मा लिएको र त्यस समयमा वार्षिक सत्तरी हजारमा कुनै कागज नगरी संरक्षण र सम्बद्र्धनको प्रोजेक्ट आएमा तत्काल छोडीदिने सर्थमा दश वर्षको लागि ठेक्कामा लगएको र ठेक्का लगाए पनि फाइदा भने सुन्य रहेको विध्ययालय प्रशाशन बताउछन । फेरी पछी वि.स. २०६२ सालतिर केही व्यवस्थित भए पस्चात वा हाल सम्म कमल पोखरी संरक्षण समितिले वार्षिक चार लाख एक हजारमा ठेक्का गर्दै वा लगाउदै आएको छ । हाल कमल पोखरी संरक्षण समितिल तिस प्रतिशत र अन्य सत्ततरी प्रतिशत विद्यालयले लिनेगरेको र वार्षिक चार लाख विभन्नि माछाका भुरा तालमा लगाउदै आएको विद्यालयका प्रअ संन्चलाल लिम्बु बताउछन । थप्दै यस क्षेत्र वा ताललाई धेरैले अवलोकन गर्न आए, विभिन्न संघसंस्थहरुमा प्रपोजल पेश नगरेको होइना तर पनि यस प्रति सरोकारवाला र सम्बन्धित निकायले मध्यनजर नगरेको अवस्था छ । स्थानिय तथा राष्ट्रिय पत्रपत्रिका लगायत विभिन्न मिडीयाहरुले पर्दशन र प्रकाशन नगरेको होइन तर पनि जस्ताको त्यस्तै रहेको अवस्था छ । पर्यटन र सिमसार क्षेत्रकालागि एक्दमै महत्वपुर्ण छ । यस क्षेत्रलाई पर्यटन वा सिसार क्षेत्रमा विकास गर्न सके जातिय संस्कृति बचाउन सकिने, आन्तरीक तथा बाह्य पर्यटक भित्त्राउन सकिने, aaaaयस क्षेत्र पवरपर बसोबास गर्ने व्यक्तिहरुले रोजगारको अवसर पाउन सक्ने, स्थानिय स्रोत र साधनलाई परिचालन गरी अर्थ आर्जन गर्न सकिन हुन्छ । यसको लागि योजना, सोच र मन भएर मात्रै नहँुदो रहेछ यस कार्यको लागि आर्थिकको आवस्यक पर्नजान्छ सो हैसियत विद्यालय संग नरहेको प्रअ लिम्बु बताउछन । यस क्षेत्रमा कछुवा, सुन गोहोरो, पंछी, रातो कमलको फुल लगायत धेरै जिवजनावरहरु पाउनुका साथै असुक्षित अवस्थामा रहेको स्थिानिय वासीहरु चिन्तित र निरास हुनु सिवाय केहि नभएको उनिहरुको मुहारले प्रश्ट्याउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-6

Country Confirmed Death
Nepal1596435
India71966420159
China848894641
Malaysia8668121
Qatar100345133
Australia8755106
US2936077130285
Saudi Arabia2137161968