बिराटनगर असार १६,
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने " लास्ट थर्सडे " कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरस्थित न्युरो अस्पतालका निर्देशक डा.विरेन्द्र के बिस्ट संग बिराटनगरका युवाहरूले अन्तरक्रिया गरेका थिए । डा. बिस्टले युवाहरूलाई सबैभन्दा पहिला केही कुराको सपना देख्न आग्रह गरे तथा त्यस सपनालाई पूरा गर्न लगातार लाग्न पनि प्रेरित गरे । उनलेे युवा माझ उनले सुरुवाती दिनमा गरेको संघर्षका बारे पनि बताएका थिए । युवाहरूलाई उनलेे जिवनमा आफ्नो रुचि अनुसारको पेसा अंगाल्न सुझाव दिएका थिए । कार्यक्रममा युवाहरुले डा. बिस्टलाई उनका सफलताको बारे विभिन्न प्रस्न गरेका थिए । बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी ,र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।