प्रेस सेन्टर मोरङ्गको अधिवेशन साउन १० गते हुदै

प्रेस सेन्टर मोरङ्गको अधिवेशन साउन १० गते हुदै

प्रेम देवान
विराटनगर  असार १६,
आगामी साउन १० गते प्रेस सेन्टर नेपाल मोरङको तेस्रो अधिवेशन हुने भएको छ। तेस्रो अधिवेशन सम्पन्न गर्नको लागि हालको अध्यक्ष बिनोद घिमिरेको संयोजत्वमा २५ सदस्य आयोजक समिति गठन गरीएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसारमा बिहीबार बसेको एक भेलाले सम्मेलन सम्पन्न गर्न आयोजक समिति गठन गरीएको हो । समितिको सदस्यहरुमा किशान साही, मोहन भट्टराई, सुरेश कार्की, अर्जुन आचार्य, सत्यनारायण शर्मा, ब्रम्हदेव यादब, बावुराम मुडयारी, श्रीमन्त भट्टराई, अनिल श्रेष्ठ, प्रेम देवान, बविता राई, रेखा गुरुङ, अप्सरा निरौला, डम्बर सेन्चुरी, सरोज बस्नेत, बिनु तिम्सिना, सिता पुरी, तुलसी सुवेदी, युवराज ठकुरी, तेजेन्द्र भण्डारी, सौखीन वान्तवा रहनुभएको छ। भेलाले आर्थिक, व्यवस्थापन लगायतको विभिन्न उपसमिति समेत गठन गरि जिम्मेवारी दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, प्रेस सेन्टरका सचिवालय सदस्य बिवेक गौतम, भक्तशेर लिम्बु, प्रदेश नम्बर १ का संयोजक राजन केडी, नेपाल पत्रकार महासंघ मोरङका सचिव नवराज कट्टेल लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्