सिराहामा दुर्गा तथा गंगा अारती सुरु

सिराहामा दुर्गा तथा गंगा अारती सुरु

mailservice (1)विराटनगर असार १५,
सिरहाको वातावरण तथा जलसम्पदाको संरक्षण, आन्तरीक र बाह्य पर्यटनको प्रवर्धन गर्न सिरहामा दुर्गा तथा गंगा आरतीको सुरुवात भएको छ । पत्रकार महासंघ सिरहाले गरेको प्रस्तावनामा सिरहा नगरपालिकाले शुरुवात गरेको हो। सदरमुकामको ऐतिहासिक दुर्गा पोखरी (सुब्बा पोखरी) मा हप्ताको प्रत्येक वुधवार दुर्गा आरतीको आयोजना थालिएको छ । सरसफाईमा जोड दिदै दुर्गा पोखरीलाई सफा, सुग्घर, प्रर्दुषित रहित र स्वच्छ वातावरणको लागि दुर्गा आरतीको सुरुवात भएको नागरपालिकाका वातावरण शाखा प्रमुख सुरेश कुमार चोरवारले बताये। चोरवारका अनुसार विस्तारै यस दुर्गा आरतीलाई भव्यताका साथ यस दुर्गा आरतीलाई क्लीन सिरहा भनेर सिरहा नगरपालिका सरसफाई गर्दै आज १४औं सप्ताह सम्पन्न भएकोलाई मध्यनजर राखेर यसलाई निरन्तरता दिने जानकारी दिए । आजको दोस्रो सप्ताहको आरतीमा सैकड़ो सर्धालुहरु लगायत पूर्व सभासद सेवकीदेवी दास, सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, जिल्ला प्रहरी प्रमुख एसपी श्याम ज्ञावली, महिला तथा बालबालिका कार्यालयप्रमुख दुर्गा भण्डारी बराल , नेपाल पत्रकार महासंघका अध्यक्ष देवकुमार यादव,पत्रकार बद्रीनारायण यादव,सुरेन्द्र कामती नेपाल रेडक्रस सोसाईटीका सभापति राजदेव यादव, सामुदायिक सेवा केन्द्रका मुरली प्रसाद सिंह, शम्भू साह, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको यस पवित्र दुर्गा आरतीमा आ-आफ्नो सहभागिता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्