पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु

पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु

१७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुल नजिकै बनाइएको पर्खाल भत्किएर विद्यार्थीहरूलाई च्याप्दा दुई जनाको मृत्यु भएको छ । पर्खालले च्यापिएर २० जना घाइते भएका छन् ।

जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल वर्षाले भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो । पर्खाल र भित्ता भत्किएर कक्षा तीनका विद्यार्थीहरु च्यापिएका थिए ।

उपचारको क्रममा टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले अनलाइनखबरलाई जानकारी दिए । पुनमगरको आमा नभएकाले आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो ।

घाइते भएकाहरुको बी एण्ड बी र पाटन अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ । घाइतेमध्ये दुई-तीन जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्