बिराटनगर असार २० , इलामका २७ गाविसमा 'मोबाइल हेल्थ" कार्यक्रम संचालनमा आएको छ । यस कार्यक्रम अन्तरगत गर्भवती महिलाले कुन कुन समयमा गर्भको परिक्षण गराउने , खोप लगाउने , गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाट जानकारी पाइने भएको छ ।