बिराटनगर असार २१, बिराटनगर राउण्ड टेबल १५ को अध्यक्षमा विनोद अग्रवाल चयन भएका छन । त्यसैगरी समितिको उपाध्यक्षमा प्रदिप नवेटिया , सचिवमा रुपेश अग्रवाल र कोषाध्यक्षमा सुमित अग्रवाल र अतिरिक्त अध्यक्षमा अभिषेक तोदि चयन भएका छन । निवर्तमान अध्यक्ष राजेश बगाडियाले अग्रवाललाई एक समारोह बिच पद हस्तान्तरण गरेका थिए ।