बिराटनगर असार २३ , विराटनगर उपमहानगरपालिका भित्र प्लास्टिकका झोलाको प्रयोग कम गर्न २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । विराट भिजनको आयोजना र विराटनगर उपमहानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको गोष्ठीमा नागरिक समाज , सञ्चारकर्मी , टोलसंगठनका प्रतिनिधि लगायत विभिन्न संस्थाबाट प्रतिनिधि सहभागी छन । गोष्ठीमा नगर क्षेत्रमा प्लास्टिक झोला प्रयोगलाई कसरी न्यूनीकरण गर्ने विषयमा छलफल हुने आयोजकले बताएको छ।